८ बैशाख २०८१, शनिबार

कैलाली क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका जोशी विजयी



धनगढी/ कैलाली बहुमुुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियूका यमराज जोशी विजयी भएका छन् ।

प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघ (नेविसंघ) का हरिश खत्रीलाई पराजीत गर्दै विजयी भएका हुुन् । ७२२ मतसहित जोशी विजयी हुँदा उनका प्रतिद्धन्द्धी खत्रीले ७०५ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा भने एमाले र एकीककृत समाजवादी गठवन्धनका उम्मेदवारलाई नेविसंघका सन्तोश पन्त ८५६ मतसहित विजयी भएका छन् । प्रतिद्धन्द्धी अनेरास्ववियुका रमेश बोहरालाई पराजीत गर्दै पन्त विजयी भएका हुुन् । बोहराले ५८३ मत ल्याए । कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी विजयी भएकी छन् । प्रतिद्धन्द्धी अखिल९क्रान्तिकारी० दिनेशराज जोशीलाई पराजीत गरेकी हुन् । चौधरीले ७६४ मत पाउँदा जोशीले भने ५७२ मत पाएका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलाली बहुमुखीमा स्ववियु नेतृत्व चयनका लागि बुुधबार मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार