१२ बैशाख २०८१, बुधबार

कैलालीमा एमालेको मिसन ग्रासरुट टोलटोलमा



धनगढी / कैलालीमा नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम सञ्चालन भएको छ । जिल्लाका १३ पालिका र सबै एक सय २६ वडामा अभियान सञ्चालन भएको एमालेले जनाएको छ ।

एमाले कैलालीका सचिव डेजी पाण्डेले पालिका र वडास्तरमा मिसन ग्रासरुट कार्यक्रम सञ्चालनपछि टोलटोलमा समेत अभियान अघि बढाइएको बताए ।

मिसन ग्रासरुट अभियानका लागि एमाले पोलिटव्युरो सदस्य गणेश ठगुन्ना धनगढी उपमहानगरपालिकामा खटिएका छन् । त्यस्तै, पोलिटव्युरो सदस्य निरु पाल भजनी नगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा खटिएकी छिन् ।

केन्द्रीय सदस्य लालबहादुर थापाले घोडाघोडी, गौरिगंगा नगरपालिका र गोदावरी नगरपालिका तथा चुरे गाउँपालिकामा अभियानको नेतृत्व गरिरहेका छन् ।

त्यस्तै, केन्द्रीय सदस्य कमल बोहरा लम्कीचुहा नगरपालिका तथा जानकी र बर्दगोरिया गाउँपालिका तथा केन्द्रीय सदस्य इन्दु कडरिया कैलारी गाउँपालिकाको अभियानमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार