१३ बैशाख २०८१, बिहीबार

छ लेन सडकको फुटपाथ सवारी साधनको कव्जामा




धनगढी/ धनगढी अत्तरिया जोड्ने छ लेन सडकको फुटपाथमा सवारी साधनले कब्जा गर्न थालेपछि पैदल यात्रुलाई हिडडुल गर्न कठिनाइ भएको छ ।

धनगढी चौराहादेखि शहिदगेटसम्मका सडकका दुबैतिर सवारी साधन पार्किंग गर्न थालिएपछि पैदल यात्रीले हिडडुल गर्न सास्ती भोग्नु परेको हो ।

नयाँ सडक त्यसैमा रातभर झिलिमिल बत्ति छ तर फुटपाथ सवारी साधनको कव्जामा छ धनगढी उपमहानगरले त्यस्तालाई कारवाही गर्नु पर्ने धारणा पैदल यात्रा गरिरहेका रमेश कुँवरको छ ।

फुटपाथ सवारी साधनको कव्जा हुँदा मर्निंगवाक र इभिनिंगवाक गर्नेले बढी सास्ती भोग्ने गरेका छन् । सवारी साधनले नै गर्दा कतिपय ठाउँको फुटपाथ भत्केको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार