७ बैशाख २०८१, शुक्रबार

असाहय र असक्तहरुलाई फलफुल वितरण



धनगढी/ देउडा सस्कृति संरक्षण प्रतिष्ठान सुदुरपश्चिम प्रदेश प्रधान कार्यालय धनगढीले कञ्चनपुरको महेन्द्रनगरमा रहेको बृदाआश्रमका ६२ जना असाहय र असक्तहरुलाई फलफुल वितरण गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कञ्चनपुर औद्योगिक मेला महोत्सवमा भएको देउडा प्रतियोगितामा तेस्रो स्थान हासिल गरेर प्राप्त गरेको पुरस्कार रकम आज सस्थाका कार्य समिति पदाधिकारी तथा आजीवन सदस्यहरु उर्मिला कुवर, रत्ना भन्डारी, कलावती साउद लगायत दिदिबहिनीहरुका साथै बरिष्ठ लाइभ देउडिया अम्बादत्त जोशीले संयुक्तरुपमा असहाय र असक्तहरुलाइ फलफूल वितरण गर्नु भएको थियो ।

यसभन्दा अगाडि पनि यस संस्थाले धनगढीको तारानगरमा रहेको मानव आश्रमा रहेका ६० जना असाहाय र असक्तहरुलाई भोजन गराएको थियो ।

सात महिना अघिमात्र कानुनी मान्यता पाएको सो संस्था १६ जनाको कार्य समितिबाट सुरु भएको संस्थामा हालसम्म आइपुग्दा २२० जना आजिवन सदस्य भइ सकेका छन् । देउडा सस्कृति संरक्षण प्रतिस्ठानले प्रत्येक महिना नियमित कार्यक्रम गर्दै आइरहेको छ ।

यसभन्दा पहिले धनगढी ,अत्तरिया,कञ्चनपुरको झलारी र पुनरबासमा भब्य लाइभ देउडा सम्पन्न गरिसकेको छ भने अबको मासिक नियमित कार्यक्रम कैलालीको गोदावरी नगरपालिकाको लालपुरमा हुने भएको छ ।

चैते दशैको शुभकामना आदानप्रदान गरिनुका साथै भब्य लाइभ देउडा हुने कुराको जानकारी प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले बताए ।

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट र विशिष्ट अतिथि बरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी लगायतका अन्य व्यक्तित्वहरु रहने बताइएको छ ।

कार्यक्रम प्रकटेस्वर होली व्यवस्थापन समिति र देउडा सस्कृति संरक्षण प्रतिस्ठानको संयुक्त आयोजनामा गरिने छ ।

सो कार्यक्रममा चर्चित देउडा गायक टेक बोगटी ,भुवन दाहाल , रितु थापा लगायतका साथै चर्चित मोडेल झरना बोहरा, अनु खड्का, सरस्वती धामी, पुष्पा बडैला तथा डाइरेक्टर रमेशबिजुली बिसी लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै कार्यक्रमको सञ्चालन केपी कलौनीले गर्ने अध्यक्ष सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार