७ पुष २०८१, आईतवार

पत्रकार ऐरमाथि आक्रमण




धनगढी/ कैलालीका पत्रकार शेरबहादुर ऐरमाथि हिजो राती आक्रमण भएको छ । आक्रमणबाट उनको टाउकोमा गम्भीर चोट लागेको छ । हिजो शनिबार धनगढी–२ मा रहेको रुवस होटलमा एक कार्यक्रममा सहभागी पत्रकार ऐरमाथि खाना खाएर घर फर्किने क्रममा राती ९ बजेतिर होटल परिसरमै आक्रमण भएको थियो ।

पत्रकार ऐरका अनुसार “खाना खाएर बाहिर निस्के लगत्तै उनलाई कसैले पछाडीबाट आक्रमण गरेको” थियो । उनले भने– खाना खाएर बाहिर निस्के । कसैले पछाडिबाट हिर्कायो । म टाउको समातेर केही अगाडि आए । होटलको एक जना स्टाफले “तपार्ईंको टाउकोबाट रगत बगिरहेको छ” भने । साथीहरुलाई फोन गरे । र, साथीहरुले सेती प्रादेशिक अस्पताल पुराए ।

रुवस होटलमा शनिबार स्वास्थ्यसम्बन्धी एक कार्यक्रम रहेको थियो । कार्यक्रमपछि राती “डिनर” मा निजी अस्पताल सञ्चालक र पत्रकारहरुबीच “निजी अस्पताल सञ्चालनका विषयमा तिखो बहस समेत भएको” बताइन्छ ।

पत्रकार ऐर लामो समयदेखि स्वास्थ्य सम्बन्धी खोजमुलक समाचार लेख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार