१२ बैशाख २०८१, बुधबार

गोदावरी वडानम्बर १२ मा एमालेको ग्रासरुट कार्यक्रम




अत्तरिया/ नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुट कार्यक्रम कैलालीको गोदावरी नगरपालिका वडानम्बर ३ मा पुगेको छ ।

सो कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य लालहादुर थापाले एमाले बलियो हुँदा मात्र देश र जनता बलियो हुने बताउदै एमाले बलियो बनाउन कार्यकर्तालाई आग्रह गरे ।

एमाले बलियो हुँदा देश र जनतालाई के के फाइदा हुन्छन् त्यो कुरा जनतालाई बुझाउन टोलटोलमा पुग्न पनि केन्द्रीय सदस्य थापाले कार्यकर्तालाई आग्रह गरे ।

एमालेका वडा कमिटीका अध्यक्ष नन्दबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सचिवालय सदस्य खेमराज पाण्डेय, जिल्लाका उपसचिव लोकेन्द्र शाही, जिल्ला कमिटी सदस्य मिलादेवि सेराला, नगरअध्यक्ष गोकर्ण भट्ट वडा सचिव कर्णबहादुर साउद लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार