२८ पुष २०८१, आईतवार

सम्भावित दुर्घटनाबाट बचेको श्री एयरलाइन्स सबै उडान स्थगित



काठमाडौ/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाज सम्भावित ठूलो दुर्घटनाबाट बचेको छ ।

चालक दलका सदस्यसहित ७८ जना यात्रु सवार जहाजको दाहिने इन्जिनमा आगलागी भएपछि धादिंगको थाक्रेबाट फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण (फोर्स ल्यान्डिब) गराइएको थियो ।

उडान नम्बर ८२१ को मल्टी इन्जिन सो जहाजलाई सिंगल इन्जिनको मद्दतले फोर्स ल्यान्डिब गराइएको विमानस्थल कार्यालयले जनाएको छ ।

बिहीबार विहान ९ ः ५५ बजे सो जहाज काठमाडौमा फोर्स ल्यांडिंग गराइएको हो । श्रीको जहाजमा आगो देखिएपछि सो एअरलाइन्सका सबै आठवटा जहाजलाई ग्राउन्डेड गरिएको हो ।

नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजलाई शुक्रबारदेखि लागू हुने गरेर अनिश्चितकालका लागि ग्राउन्डेड गरिदिएको छ । सो निर्णयले देशभरका यात्रु प्रभावित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार