१४ बैशाख २०८१, शुक्रबार

एमालेको मिसन ग्रासरुट गोदावरी–३ को वडा कमिटी पुर्नगठन



धनगढी / नेकपा (एमाले)ले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत कैलालीको गोदावरी नगरपालिका–३ को वडा कमिटी पुर्नगठन गरिएको छ ।

बिहीबार एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाको प्रमुख आथित्यतामा आयोजना गरिएको कार्यक्रममा वडा कमिटी पुर्नगठन गरिएको हो ।

सो कमिटी तत्कालीन उपाध्यक्ष विष्णुमाया बुढाको अध्यक्षता २१ सदस्यीय बनाइएको छ । सो क्रममा बोल्दै प्रमुख अतिथि थापाले मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभामा एमाले पराजीत हुँदा जनताको हार भएको बताउदै आगामी चुनाव जित्नका लागि पार्टी कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य थापाले कैलालीका गोदावरी, चुरे, गौरीगंगा र घोडाघोडी नगरपालिकाका ४१ वडामा ग्रासरुट अभियान चलाउनका लागि नेतृत्व गरिरहेका छन् । उनले चारवटै पालिकाका पालिकास्तरका कार्यक्रम चलाइसकेका छन् भने अब वडास्तरमा कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुंगाना, कैलालीका सचिव डेजी पाण्डे, उपसचिव लोकेन्द्र शाही, नगर अध्यक्ष गोकर्ण भट्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

ग्रासरुट अभियान अन्तरगत एमालेले जिल्लाभर संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार