७ बैशाख २०८१, शुक्रबार

शिक्षक संघको अध्यक्षमा सिंह निर्वाचित




धनगढी/ नेपाल शिक्षक संघ, कैलालीको अध्यक्षमा तेजबहादुर सिंह निर्वाचित भएका छन् । धनगढीमा भएको शिक्षक संघको ९ औं जिल्ला अधिवेशनबाट सिंहको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो । सिंह शारदा माविका प्राचार्य हुन् ।

अधिवेशनबाट उपाध्यक्ष (महिला) मा सरस्वती बम सिंह तथा गजेन्द्रबहादुर शाही, सचिवमा हरिशकुमार ओझा र सचिव (अर्थ) मा देवराज जोशी, सहसचिवमा बमबहादुर क्षेत्री, सहसचिव (महिला) गौरी शाह, सहसचिव (अर्थ महिला) दिपा बुढा, सहसचिव (समावेशी) खड्गबहादुर तिवारी तथा बसन्तकुमार महतौ चयन भएका छन् ।

त्यस्तै, जिल्ला सदस्यमा निर्मला जोशी, ललिता कुमारी बम, भगवती बडैला, नेत्रराज तिमिल्सैना, जयराज जैशी, मदनप्रसाद पौडेल र मानबहादुर खड्का निर्वाचित भएका छन् ।

अधिवेशनबाट १२ जना प्रदेश अधिवेशन प्रतिनिधि र १० जना संघीय महाअधिवेशन प्रतिनिधि समेत चयन भएका छन् ।

प्रदेश प्रतिनिधिमा रघु उपाध्याय, सिद्धराज जैशी, भोजराज शर्मा, पदमराज जोशी, तिर्थराज फुलारा, मोहनदेव मिश्र, गणेशप्रसाद दाहाल, खेमराज बोगटी, निर्मला चौधरी, जानकी शर्मा, लक्ष्मी ओझा र चन्दकला दवाडी चयन भएका छन् ।

त्यस्तै, संघीय महाअधिवेशन प्रतिनिधिमा लक्ष्मी रावल, कल्पना पाठक, डम्मरा मल्ल, गणेश ओझा, कर्ण कुँवर, भूपालसिंह खड्का, रामप्रसाद फुलारा, जयप्रकाश मिश्र, ज्ञानेन्द्रबहादुर शाह र सीताराम अवस्थी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार