१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिमको समृद्धिबारे अन्तरक्रिया



धनगढी / सुदूरपश्चिम प्रदेशको समृद्धिबारे शुक्रबार धनगढीमा एक अन्तक्र्रिया कार्यक्रम भएको छ । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग, गैरसरकारी संस्था महासंघ, सुदूरपश्चिम प्रदेश समिति लगायतका निकायको आयोजनामा आत्मनिर्भर सहितको समृद्ध सुदूरपश्चिम निर्माणका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तक्र्रिया भएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेशसिंह धामीले समृद्ध सुदूरपश्चिम निर्माण गर्न भ्रष्टाचारको अन्त्य गरिनु पर्ने बताए । उनले प्रदेशको समृद्धिबारे विस्तृत अध्ययन आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य खेमा देवि बिष्ट, प्रदेश नीति तथा योजना आयोगका सदस्य दिपिका विष्ट, प्रदेश एफएआईएनका कार्यकारी निर्देशक अशोक सिंह, राष्ट्रिय खाद्य अधिकारका कार्यकारी विदुर सुवेदी लगायतले धारणा व्यक्त गरेका थिए ।

सो अवसरमा प्रदेश नीति तथा योजना आयोगका सूचना अधिकारी जयराज ओझाले प्रथम पञ्चवर्षे योजनाले आर्थिक र सामाजिक क्षेत्रमा आत्मनिर्भरता र तथा समृद्धि सहितको सम्मानजनक जीवनको लक्ष्य राखेको बताए ।

उनले वातावरणमैत्री, गुणस्तरीय पुर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुुरक्षा, महिला सशक्तिकरण, समावेशीता पञ्चवर्षीय योजनाको मुख्य रणनीति रहेको बताए ।

कार्यक्रमको सञ्चालन गैरसरकारी संस्था महासंघ, सुदूरपश्चिम प्रदेश सचिव लोकमान धामीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार