८ पुष २०८१, सोमबार

नेतृ डा. आरजूद्वारा स्ववियु निर्वाचनमा केन्द्रीत हुन आह्वान




धनगढी/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले काँग्रेसप्रति आस्थावान युवा विद्यार्थीहरूलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा केन्द्रीत हुन आश्वान गरेकी छिन् । नेतृ डा. आरजूले लोकतान्त्रिक पद्धति बलियो बनाउन स्ववियु निर्वाचन महत्वपूर्ण रहेको पनि चर्चा गरिन् ।

शुक्रबार धनगढीमा नेपाल विद्यार्थी संघद्वारा आयोजित स्ववियु निर्वाचन, २०७९ का सन्दर्भमा प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले लोकतान्त्रिक विचार बलियो बनाउन युवा विद्यार्थीहरू जागरुक बन्नुपर्ने बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले लोकतन्त्र रक्षाको अभिभारा युवा विद्यार्थीहरूको काँधमा रहेको बताए । उनले भने– इतिहासदेखि नै लोकतान्त्रिक संघर्षमा जहिले पनि युवा विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । त्यसैले कुनै पनि अवस्थामा नेविसंघ कमजोर हुनुहुँदैन, किनकि यो सबै युवा विद्यार्थीहरूको संगठन हो ।

प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, नेविसंघका केन्द्रीय अध्यक्ष डोजाङ शेर्पा, नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय सुशीला मिश्र भट्ट र जीवन राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार