७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीद्धारा गेटा मेडिकल कलेजको अनुगमन




धनगढी/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजमा स्थलगत अवलोकन गरेका छन् ।

नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने सरकारी तयारी भइरहदा प्रधानमन्त्रीले आज गेटा मेडिकल कलेजको स्थलगत अवलोकन गरेका हुन ।

प्रधानमन्त्रीले आइतबार बालुवाटारमा सो मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुभएको थियो ।

आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आयोजना भएका विभिन्न कार्यक्रमलाई सम्वोधन गर्न आएका प्रधानमन्त्री प्रचण्डले सो कलेजका भ्रमण गरेका हुन ।

नेपालमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार