१५ चैत्र २०८०, बिहीबार

मन्त्री परिषदले चाँडै पूर्णता पाउछ : मन्त्री थापा




धनगढी/
सुदूरपश्चिम प्रदेश सरकार विनाविभागिय मन्त्री सन्तोष थापाले केही दिनमै मन्त्रीपरिषदले पूर्णता पाउने बताएकी छन् ।

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री थापाले सरकारले पूर्णता पाएपछि जनताका समस्या समाधानमा ध्यान दिन पाउने बताइन ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन बाँकी रहेकोले मन्त्री परिषदले पूर्णता पाएको छैन । अहिले दुई जना विनाविभागिय मन्त्री मात्र रहेका छन् ।

सो अवसरमा बोल्दै मन्त्री थापाले पत्रकारहरुले कर्तव्य वोध गरेर सत्य, तथ्य समाचार लेख्नु पर्नेमा जोड दिइन । उनले नेपालका पत्रकारहरुले राजनीतिकि, सामाजिक परिवर्तन र महिला शसक्तिकरणमा ठूलो योगदान पुगाएको चर्चा गरिन ।

प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष कृष्ण ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हेमकर्ण विक, प्रदेश अध्यक्ष योगेश रावल, जिल्ला अध्यक्ष हिमाल जोशी, पूर्व केन्द्रीय सदस्य प्रकाशविक्रम शाह, कर्ण शाह र प्रेस युनियनका जगत साउद, रेडियोकर्मी गोविन्द रोस्यारा लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका पत्रकारितका विभागका उपप्राध्यापक भुवन भण्डारीले पत्रकारका चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार