१४ बैशाख २०८१, शुक्रबार

सांसद चौधरी कैलालीको प्रहरी हिरासतमा




धनगढी / बाँकेको कोहलपुरको गाभर भ्याली होटलबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अरूणकुमार चौधरीलाई विहीबार राति धनगढी ल्याइएको छ । चौधरीलाई श्रीएयरलाइन्सको विमान मार्फत धनगढी ल्याइएको हो ।

सांसद चौधरीलाई बिहीबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने जानकारी दिए ।

उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिने प्रवक्ता जोशीले बताए । जिल्ला अदालत कैलालीले उनलाई २०७० सालमा छ महिना कैद सजाय सुनाएको थियो । १३ वर्ष अघि अर्थात २०६६ सालको आगजनीको मुद्दामा बिहीबार अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको थियो । उनललाई नेपालगञ्जबाट श्रीएयरलाइन्सको विमानबाट काठमाडौं लगिएको थियो ।

सांसद चौधरी पक्राउ परेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको बौनियामा प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार