८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात



खप्तड राष्ट्रिय निकुञ्जमा भएको हिमपात । तस्बिर : खप्तड राष्ट्रिय निकुञ्ज

धनगढी/ सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा मंगलबारदेखि हिमपात भइरहेको छ । मंगलबार रातीदेखि वर्षासंगै सुदूरपश्चिम प्रदेशका बाजुरा, दाुर्चला, बझाङ र बैतडीमा हिमपात भइरहेको छ ।

बाजुरा, बझाङ, अछाम र डोटी जिल्ला जोडिएको खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भइरहेको छ । खप्तड राष्ट्रिय निकुन्जमा विगतमा मंसिरदेखि नै हिमपात हुने गरेको भए पनि यसपटक माघको दोस्रो सातामा मात्रै हिमपात भएको छ खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले बताए ।

बाजुरामा मंगलबार रातीदेखि वर्षासँगै हिमपात सुरु भएको छ । बाजुराको बूढीनन्दा नगरपालिका तथा हिमाली, जगनाथ र स्वामिकार्तिक गाउँपालिकाका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । त्यस्तै, बडिमालिका र त्रिवेणी नगरपालिका तथा खप्तड छेडेदह गाउँपालिकाका उच्चस्थानमा पनि हिमपात भएको छ ।

डडेल्धुरामा तीन महिनापछि मंगलबार हिउँदे वर्षा भएको छ । केही स्थानमा फटफुट हिमपात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार