२८ पुष २०८१, आईतवार

सुदूरपश्चिममा भूकम्प : एकको मृत्यु, . दर्जनौ घरमा क्षति



धनगढी / सुदूरपश्चिम प्रदेशको बाजुराको हिमाली गाउँपालिका केन्द्रविन्दु बनाएर मङ्गलबार दिउँसो करिब ३ बजे गएको भूकम्पबाट एक महिलाको मृत्यु भएको छ । भूकम्पका कारण बाजुरा, बझाङ लगायतका जिल्लामा दर्जनौ घरमा क्षति पुगेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

हिमाली गाउँपालिका केन्द्रबिन्दु भूकम्पको बैतडी, बझाङ, अछाम, डडेल्धुरा, कैलाली, डोटी लगायतका जिल्लामा महसुस गरिएको छ ।

बाजुराको गौमुल गाउँपालिका–२ मा घाँस काटिरहेको अवस्थामा भूकम्पका कारण जमिन थर्किँदा माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया जमुना रोकायाको मृत्य भएको बाजुरा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भूकम्पका कारण बाजुराको बडिमालिका नगरपालिका–७ र वडा ९ मा चार जनाको घर पूर्ण रुपमा भत्किएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाजुराका अनुसार भूकम्पका कारण बाजुराका केही गाउँमा दर्जनौ घर चर्किएका छन् ।

भूकम्पका कारण बझाङमा पनि दर्जनौ घरमा क्षति पुगेको छ । भूकम्पबाटे सदरमुकाम चैनपुर तथा केही गाउँपालिकामा दर्जनौ घरमा क्षति पुगेको छ ।

सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञान केन्द्र र जिल्ला अस्पतालको पुरानो भवन चर्किएको छ । जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार दौलिचौर प्रहरी चौकी भवन पूर्ण रुपमा क्षतीग्रस्त भएको छ ।

सुदूरपश्चिम प्रदेशमा यसअघि गत कार्तिक २३ गते राति २ बजेर खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दू बनाएर गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृत्यु भएको थियो । भने ७ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार