२८ पुष २०८१, आईतवार

आमा र सौतेनी आमाद्वारा छोराको हत्या





डडेल्धुरा/ डडेल्धुराको आलिताल गाउँपालिकाको डाँडाखर्क गाउँमा आमा र सौतेनी आमाले बालक छोराको हत्या गरेको खुलासा भएको छ ।

गत पुस २८ गते ८ वर्षीय बालक भरत बोहराको शव खाल्टोमा पुरिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीको अनुसन्धानमा बालक भरतको हत्या पुस १२ गते नै भएकोे खुलेको छ । बालक भरतका बुवा गजेन्द्र बोहराले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा आफ्नी दुईवटै श्रीमती विरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् ।

भारतको धार्चुलामा मजदुरीका लागि गएका गजेन्द्र घटनाको खबर पाएपछि घर फर्केका थिए । उनले आफ्ना दुई वटै श्रीमतीविरुद्ध छोराको हत्या गरेको किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक उमाकान्त जोशीले जानकारी दिए ।

प्रहरीको अनुसन्धानमा ४३ वर्षीया कलमती बोहरा र ३० वर्षीया सौतेनी आमा जानकी बोहरा मिलेर भरतको हत्या गरेको खुलेको छ ।

दुवै आमाको कुटाईबाट भरतको ज्यान गएको र पछि उनीहरुले शव खाल्टोमा गाडेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार