८ पुष २०८१, सोमबार

मनिष बने नेविसंघ कैलालीको अध्यक्ष





धनगढी/ विद्यार्थी नेता मनिष कुँवर नेपाल विद्यार्थी संघ (नेविसंघ), कैलालीका अध्यक्ष बनेका छन् । नेविसंघ केन्द्रीय समितिले मंगलबार विद्यार्थी नेता कुँवरलाई नेविसंघ, कैलालीको जिम्मेवारी प्रदान गरेको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा प्रेषित पत्रमा जिल्लाहरुमा विवरण माग गरेबमोजिम तथा पुस १२ गतेको नेपाली काँग्रेस कैलालीको पत्रानुसार संघको कैलाली अध्यक्ष रिक्त रहेको तथा ३२ वर्षे उमेर हद समेत आकर्षित भएकोले जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ । अध्यक्ष कुँवरलाई तीन महिनाभित्र जिल्ला अधिवेशन गर्ने दायित्व पनि सुम्पिएको छ ।

अध्यक्ष कुँवर करिब एक दशकदेखि नेविसंघको राजनीतिमा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार