८ पुष २०८१, सोमबार

तेस्रो चुनावबाट सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचित



धनगढी / सुदूरपश्चिम प्रदेश सभाले तेस्रो पटकको चुनावबाट सभामुखमा पाएको छ । सभामुखमा सत्ता पक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी निर्वाचित भएका हुन ।

मंगलबार बिहान भएको निर्वाचनबाट भण्डारी सभामुखमा निर्वाचित भए । उनले २९ मत पाएका छन् । भण्डारीलाई सत्ता पक्षका नेकपा (माओवादी केन्द्र) का ११, एमालेका १०, नागरिक उन्मुक्ती पार्टीका सात र राप्रपाका एक गरेर २९ जनाले मत दिए ।

यस्तै गरेर विपक्षी गठवन्धनका सभामुखका उम्मेदवार मानबहादुर रावलले २३ पाए । उनले नेपाली कांग्रेसका १८, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रका एक जनाको मत पाएका हुन । भने सभामुखको भूमिकामा रहेका कांग्रेसकै शिवराज भट्टले भने गरेनन् । सभामुखको भूमिकामा रहेका प्रदेश सभा सदस्यले निर्णायक अवस्थामा मात्र मतदान गर्न पाउने व्यवस्था छ ।

सभामुखको भण्डारीको आजै प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम छ ।

बझाङ जिल्लाको प्रदेश सभा (ख) बाट निर्वाचित भण्डारीले यसअघि पुस २८ गतेको पहिलो पटकको चुनावमा सत्ता पक्षकै दुई जना अनुपस्थित हुँदा र एक मत बदर भएकोले सभामुख हुन आवश्यक पर्ने २७ मत पाएनन् । भने दोस्रो पटक पुस ३० गते भएको चुनावमा सत्ता गठवन्धनकै दल नागरिक उन्मुक्ती तटस्थ बसेको थियो ।

सभामुखमा निर्वाचित भएपछि भण्डारीले प्रदेश सभालाई एकतावद्ध बनाएर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार