सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, सभामुख मंगलबार मात्र छानिने
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । बैठक स्थगित भएपछि सभामुखको चुनाव पनि माघ ३ गते मंगलबार बिहान १० बजे हुने भएको छ ।
आज (सोमबार) राष्टिय शोक परेकोले प्रदेश सभा बैठक नबसेको हो । प्रदेश सभामा रहेका दलहरुवीच बैठक स्थगित सहमति भएको हो ।
राष्टिय झण्डा झुकाउने भनेको बेला बैठक बस्नु हुन्न भन्ने सहमति भएको माओवादीका प्रदेश सभा सदस्य ओमविक्रम भाट सरले बताए ।
प्रदेश सभाका अर्का सदस्य नरेशकुमार शाहीका अनुसार माघ ३ गते मंगलबार बिहान १० बजे बैठक बस्ने गरेर बैठक स्थगित भएको हा ।
लगातार दुई पटक सभामुख छानिन नसकेपछि आज (सोमबार) तेस्रो पटक सभामुख छान्नका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो ।