१३ बैशाख २०८१, बिहीबार

उचित राहत दिन र बस्ती स्थानान्तरण गर्न माग




काठमाडौ/ आश्विन १९ देखि २५ गतेसम्म आएको भारी वर्षाका कारण बाजुराका जगन्नाथ गाउँपािलका, स्वामिकार्तिक गाउँपालिका, हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकामा भौतिक पूर्वाधार, मानववस्ती, कृषिवालीमा क्षति पुगेकोले उचित राहत दिन नेपाल सरकारलाई आग्रह गरिएको छ ।

बाजुराको एक प्रतिनिधि मण्डलले शुक्रबार नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर क्षतिपूर्ति दिलाउन आग्रह गरेको हो ।

सो अवसरमा उच्च जोखिममा रहेका वस्तीहरूको स्थानान्तरण गर्न पनि माग गरिएको थियो ।

टोलीले लिखितरूपमा ज्ञापनपत्र पनि बुझाएको थियो । सो अवसरमा अर्थमन्त्रीले पौडेलले बाजुराका सवालमा विशेष ध्यान प्रतिवद्धता गरेका थिए ।

प्रतिनिधि मण्डलमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय कमिटी सदस्य एवम् प्रतिनिधि सभा सदस्य दयालबहादुर शाही, पार्टीका जिल्ला अध्यक्ष एवं जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाही, जिल्ला उपसचिव तथा गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकया लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार