७ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री रावलले लिए सपथ, भट्ट र थापा भए मन्त्री




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्री पदको सपथ लिएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले उनलाई विहीबार एक समारोहका वीच सपथ ग्रहण गराएका हुन ।

रावलले आजै मुख्यमन्त्री कार्यालयमा गएर कार्यभार सम्हालेका छन् ।

मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रममै नवनियुक्त मन्त्री माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमालेका उपनेता सन्तोष शर्मा थापाले मन्त्रीको सपथ लिए ।

मन्त्रीद्धय भट्ट र थापालाई पनि प्रदेश प्रमुख जोशीले नै सपथ ग्रहण गराएका हुन । भट्ट र थापालाई विनाविभागिय मन्त्री बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार