मन्त्री सोडारीद्धारा कामको प्रगति विवरण सार्वजनिक
धनगढी/ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारीले आफ्नो कार्यकालको अवधीमा गरेका कामको प्रगति विवरण प्रस्तुत गरेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा मङ्गलबार पत्रकार सम्मेलन गरेर सो कामको प्रगति विवरणबारे जानकारी दिएको हो ।
मन्त्री सोडारीले आफू आउनुभन्दाअगाडि ४०० र आफ्नो पालामा ३६९ किलोमिटर सडक कालोपत्रे भएको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारले पाँचवर्षको अवधिमा प्रदेशमा ७६९ किलोमिटर सडक कालोपत्रे गरिुउको बताउँदै प्रदेश गौरवका नौ वटा सडक कालोपत्रे तथा स्तरोन्नति गर्ने कार्य भएको जनाए ।
प्रदेशभरी दुई हजार ३१४.५० किलोमिटर ग्राभेल तथा कच्ची सडक निर्माणको कार्य भएको उनले सार्बजनिक गरेको प्रगति विवरणमा उल्लेख छ ।
मन्त्री सोडारीले आफ्नो पालामा ६६ वटा सडक तथापुलको बहुवर्षीय ठेक्का स्वीकृत, धनगढीको क्याम्पस रोडदेखि कैलालीपुलसम्म सडक कालोपत्रे गर्न ठेक्का आह्वानको कार्य भएको बताए ।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ६४.७० किलोमिटर तटबन्धन निर्माण भएको जानकारी दिँदै यसअघि, १५७ किलोमिटर तटबन्धप्रदेश सरकारले बनाएको बताए ।
त्यसैगरी, पाँच वर्षमा प्रदेश सरकारले २० हजार ४३७ हेक्टर जमिनमासिँचाइ सुविधाको व्यवस्था गरेको विवरणमा उल्लेख छ । आफ्नो पालामामात्रै सातहजार ४९३ हेक्टर जमिनमासिँचाइ सुविधाभएको मन्त्री सोडारीले बताए ।
मन्त्री सोडारीले प्रस्तुत गरेको प्रगति विवरणमा पाँचवर्षमा दुई लाख ८६ हजार ३८३ जनसङ्ख्यालाई स्वच्छखानेपानीको सुविधाप्रदान गर्ने कार्य भएको, १६९ वटा सामुदायिक भवन निर्माण गरिएको उल्लेख छ ।
मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत तीनहजार ८८४ जनता आवास निर्माण भएकोमा आफ्नो पालामामात्रै ८८८ वटा जनता आवास निर्माण भएको मन्त्री सोडारीले बताए ।
पाँचवर्षमा ४२ वटा झोलुङ्गे पुल निर्माण गरिएकोमा आफ्नो पालामा ११ वटाझोलुङ्गे पुल बनेको मन्त्रीले सोडारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । मन्त्री सोडारीको पालामा पाँच सहित २७ वटा पक्कीपुल निर्माणभएको, चार वटा यातायात कार्यालयको सुधार भइ तीन अर्ब ९० करोड ६७ लाख रुपियाँ राजस्व सङ्कलनभएको बताए ।
त्यस्तै, एक हजार ८०३ वटाडिप ट्युवबेल निर्माणको कार्य भएको मन्त्रालयले जानकारी दिएको छ । समग्र प्रदेशको सिँचाइ गुरुयोजना तयार पारिएको, कैलाली, कञ्चनपुरमा रहेका काँढा, कान्द्रा र चौधर लगायत अन्य नदी नियन्त्रण तथा व्यवस्थापन गुरुयोजना निर्माण गरिएको जनाइएको छ ।
मन्त्री सोडारीले मन्त्रीमा बहाल रहँदासम्मआफ्नो कार्यकुशलताले भ्याएसम्म काम गरेको बताए । विगतमा राज्यबाट उपेक्षित सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठन भएयता अर्बौका ठूलठूला आयोजनाको सुरुवात भएको उनले बताए ।
मन्त्री सोडारीले २०७८ जेठ १४ गते भौतिकपूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।