१५ चैत्र २०८०, बिहीबार

प्रदेशको आधारशिला निर्माण गरे : मुख्यमन्त्री भट्ट



धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्मन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले आवश्यक भौतिक संरचना र कर्मचारी अभावकाबिच थुप्रै काम भएको बताएका छन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले पाँच वर्षको अवधीमा आफूले गरेका कामको प्रगति विवरण प्रस्तुत गर्दै आफ्नो कार्यकालमा संघीयताको जग बसाल्ने काम भएको बताए ।

उनले आफू निश्कलंक भएर विदाभएको माखुसी व्यक्त गरे । मुख्यमन्त्रीभट्टले आफूले पाँचवर्षसम्म स्थायी सरकार दिएको, प्रदेशको आधारशिलातयार गरेको र परिणाममुखीकाम गरेको दावी समेत गरे ।

हामी आउदा कानुन, मुख्यमन्त्री, मन्त्रालय र मातहतका कार्यालयका भौतिक संरचना, कर्मचारी थिएनन् उनले पाँच वर्षअघि मुख्यमन्त्री हुँदाको बेला सम्झदै भने, अहिले हामीसंग आवश्यक पर्ने कानुन, भौतिक संरचना छन् । उनले स्वास्थ्य, शिक्षा, सडक, कृषि, जनताआवास, खानेपानीका क्षेत्रमा परिणाममुखी काम गरेको दावी गरे ।

नजिकको सरकारसंग जनताका धेरै अपेक्षा हुन्छन् त्यो मूल्यांकन हुँदै जाला उनले भने, हामीले गर्न खोजेको काम राजधानी निर्माणपनि थियो तर जग्गाप्राप्तीको अधिकार सङ्घ सरकारसंग भएकोले त्यो कामहुन सकेन । सङ्घ सरकारले जग्गाको स्वामित्वनदिंदा राजधानी निर्माणको काम हुन नसकेको उनले बताए ।

उनले तत्कालिन प्रदेश सभामा रहेका मुख्य दल नेकपा (एमाले), नेपालीकांग्रेस र नेकपा (एकीकृत समाजवादी) को समर्थन र सहकार्यमा विभिन्न बेलामा काम गर्न पाउनु पनि सुखद संयोगको कुरा भएको बताउँदै त्यस्तो संयोग अरु प्रदेश सरकारका मुख्यमन्त्रीले नपाएको धारणा व्यक्त गरे ।

मुख्यमन्त्री भट्टले आगामी दिन पार्टी निर्माणमा खर्च गर्ने बताउदै पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता पनि गरे ।

सो अवसरमा अधिकांश मन्त्रीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार