७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले पाए असाधारण समर्थन




काठमाडौ / पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले पाएको असाधारण मत पाएको तर्क गर्न थालिएको छ । प्रधानमन्त्रीले यस्तो सर्मथन विरलै पाउने गर्छन ।

प्रधानमन्त्री प्रचण्डलाई मंगलबार प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले सर्मथन गर्दे उनको पक्षमा मतदान गरेका छन् ।

आजको बैठकमा २७० जना उपस्थित थिए ।

प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा (माओवादी केन्द्र) , संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, सत्ता साझेदार नेकपा (एमाले) , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएनन् ।
प्रधानमन्त्रीले अव मन्त्रीमण्डललाई पूर्णता दिने अनुमान गरिएको छ ।

#prachad #PmNepal

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार