मिल्यो भागभन्डा, सुदूरपश्चिमको मुख्यमन्त्री एमालेका रावल बन्ने सम्भावना
धनगढी/ सुदूरपश्चिम र वागमतीमा आलोपालो मुख्यमन्त्रीको नेतृत्व एमाले र माओवादीले गर्ने भएका छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने भएको छ ।
एमालेको भाग पर्दा सो पार्टीका संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने छन् । यद्यपी केही गरेर नागरिक उन्मुक्ती पार्टी सहकार्यमा आएन भने एमाले, माओवादीको सरकार बन्न कठिन हुनेछ ।
सुदूरपश्चिममा उन्मुक्तीलाई कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्री दिएर भए पनि सरकार बनाउने प्रयास गरिरहेको छन् ।
उन्मुक्ती एमाले,माओवादीतिर लाग्दा २८ र कांग्रेस, समाजवादीतिर जाँदा ३० जना प्रदेश सभा सदस्य पुग्छन् । ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २७ सदस्य आवश्यक पर्छन ।
त्यस्तै, वागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्ने सहमति भएको छ । मधेस प्रदेशमा पहिलो चरणमा जसपा र त्यसपछि जनमत पार्टीले नेतृत्व गर्ने छ ।
यस्तो छ भागवण्डा
मुख्यमन्त्री
प्रदेश १ – एमाले
मधेश -जनता समाजवादी र जनमत पार्टी आलोपालो
बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो
गण्डकी र लुम्बिनी – एमाले
कर्णाली – माओवादी केन्द्र
सुदूरपश्चिम – एमाले र माओवादी आलोपालो ।
सभामुख
मधेस, कर्णाली – एमाले सभामुख
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी
बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी
उपसभामुख
प्रदेश १ र गण्डकी- एमाले
बागमती र कर्णाली-माओवादी
लुम्बिनी- राप्रपा
मधेश प्रदेश- जनमत पार्टी
सुदूरपश्चिम-नागरिक उन्मुक्तिलाई प्रस्ताव