को होला सुदूरपश्चिमको सभामुख माघ २ गते चुनाव हुँदै

धनगढी/ सुदूरपश्चिम प्रदेश सभामा आज बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते सभामुखको निर्वाचन गर्ने भएको छ ।
सरकार निर्माणको पहल अझै नभएकोले बेला कुन दलबाट को को सभामुखका दाबेदार हुने अझै यकिन भने हुन सकेको छैन ।
नागरिक उन्मुक्तिले स्पष्ट रूपमा निर्णय नगरेकोले सरकार कुन कुन दलको बन्ने भन्ने ठेगान भएको छैन । सरकारको विषय स्पष्ट नहुँदा सभामुख पनि कुन दलको बन्ने भन्ने यकिन हुन नसकेको हो ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस, नेकपा (माओवादी), नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रको प्रतिनिधित्व छ ।
सर्वदलीय बैठकले सभामुख निर्वाचन नहुँदासम्म सभा सञ्चालनका लागि विभिन्न दलका प्रदेश सभा सदस्य रहेको रोस्ट पनि बनाएको छ ।
सामान्यतया सभामुख नहुँदा ज्येष्ठ सदस्य मानबहादुर रावलले सभा सञ्चालन गर्नु हुनेछ उहाँ पनि उपस्थित नभएको अवस्थाका लागि रोस्ट तयार गरिएको हो प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले बताए ।




