१६ चैत्र २०८०, शुक्रबार

नयाँ सेवासहित गुरुङ सेकुवा कर्नर




धनगढी/ लामो समयदेखि धनगढी एलएनचोकमा रहेको गोर्खाली गुरुङ सेकुवा कर्नर नयाँ सेवासहित राष्ट्रबैंक चोकमा सञ्चालनमा आएको छ ।

सेकुवा पारखीहरुको पहिलो रोजाई बन्दै आएको सो गुरुङ सेकुवा कर्नरले अब कुखुरा र माछाका परिकारका साथै अर्डरअनुसार खानादेखि नास्ताका विभिन्न परिकार पेस गर्ने कर्नरका सञ्चालक दिपेश स्वारले बताए ।

उनले कर्नरमा एकैचोटी एक सय जना बढी ग्राहकलाई सेवा दिने क्षमता रहेको बताए । सञ्चालक दिपेशले सेकुवा पारखीहरुका लागि गोर्खाली गुरुङ सेकुवा ब्राण्ड झै बनिसकेको दाबी गर्दै ग्राहकहरुलाई अझ गुणस्तरीय र स्वादिलो परिकारहरु पेस गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार