११ बैशाख २०८१, मंगलवार

एकीकृत समाजवादीको दलको नेतामा सोडारी चयन



दीर्घबहादुर सोडारी

धनगढी/ नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् ।

पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितीमा धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।

सोडारी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेश सभामा विजयी भएका थिए । सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री समेत छन् ।

दलका नेता छानिएका सोडारीले दलको उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्तलाई सचेतक तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार