१९ बैशाख २०८१, बुधबार

सहकारीले गरिवीबाट उकास्दै छन् : उपप्रमुख राना



नागरिक सहकारीको १२ औं साधारण सभा



धनगढी/ धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले सहकारीले गरिवीबाट माथि उठ्न सहयोग गरेको बताएककी छन् ।

नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभाको विहीबार उद्घाट्न गर्दे उपप्रमुख रानाले रोजगारी र बचतमा उल्लेख्य भूमिका खेलेका सहकारीले शिक्षा, स्वास्थ्य टेवा पुग्ने गरेर काम गर्न पनि आग्रह गरिन ।
उनले लैङ्गिक भेदभाव विरुद्ध पनि काम गर्न सहकारीहरुलाई सुझाव दिइन ।

सो अवसरमा नागरिक बचत तथा ऋण सहकारीका अध्यक्ष दिप्ती शाहीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

अध्यक्ष शाहीका अनुसार सो सहकारीले गत आर्थिक वर्षमा आठ करोड, ३६ लाख तीन हजार १८८ रुपियाँ निक्षेप संकलन गरेकोमा १० करोड, ९१ लाख आठ हजार १३९ रुपियाँ लगानी गरेको बताइन ।

नागरिक बचत तथा ऋण सहकारीले गत आर्थिक वर्षमा आठ लाख ९२ हजार १६ रुपियाँ खुद नाफा गरेको छ ।

सो अवसरमा असल बचतकर्ता दिपेश खतिवडा,प्रदीप चौधरी, तुलसी बोहरा, असल ऋणी देवेन्द्र कुँवर, ताराप्रसाद उपाध्याय र डवल बोहरालाई सम्मान गरिएको थियो । यस्तै गरेर उत्कृष्ट कर्मचारीकारुपमा प्रवन्धक चक्रबहादुर शाहलाई सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार