१४ बैशाख २०८१, शुक्रबार

धनगढीको मुख्य सडक बनाउन १५ दिन भित्र टेण्डर हुने



धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिकाको कार्यालयले बुधबार आयोजना गरेको सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै एकअर्काको सहअस्तित्व स्वीकारेर काम गरे विकास हुने बताएका छन् ।

उनले विकासको मेरुदण्ड नै सहअस्तित्व रहेको बताए । उनले भने काम गर्दा सबै तहका सरकारले एक अर्काको सहअस्तित्वलाई स्वीकार्नु पर्ने हुन्छ ।

उनले सहअस्तित्वमा जोड दिदै भने नेपालको संविधानले नै सहकार्य, सहअस्तित्व र समन्वय हुनु पर्ने भनेको छ हामीले त्यो कुराको ठीक तरिकाले लागू गर्नुपर्ने बताए ।

उनले दावी गरे प्रदेश सरकारले सुरुवातदेखि नै स्थानीय तहसंग सहकार्य, साझेदारी गर्नुपर्छ भन्ने मान्यताका साथ एक अर्काको सहअस्तित्व स्वीकार गरेर अगाडि बढ्ेको छ, त्यो नै हाम्रो विकासको मोडल हो ।

सोही अवसरमा बोल्दै भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले संरचना हटाउने काम धनगढी उपमहानगरपालिकाले गरे पनि सडक बनाउने काम प्रदेश सरकारले गर्ने आश्वासन दिए ।

उनले भने, कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सडक फराकिलो बनाउन धनगढी उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले ६० करोड रुपियाँ बजेट विनियोजन गरेको छौ ।

मन्त्री सोडारीले अवको १५ दिनभित्रै टेन्डर आह्वान गरेर काम अगाडि बढाइने प्रतिवद्धता जनाए ।

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेशको मुटुमा रहेको मुख्य सडक निर्माण गर्नु अविस्मणीय काम रहेको बताए ।

नगर प्रमुख गोपाल हमालले सडकको विस्तृत योजना प्रतिवेदन डिपीआरमा ५२ करोड बजेट आवश्यक रहेको भए पनि प्रदेश सरकारले ६० करोड बजेट विनियोजन गरेको भन्दै उनले खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा उपप्रमुख कन्दकला राना लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार