१२ बैशाख २०८१, बुधबार

प्रदेशलाई अधिकार हस्तान्तरण गर्न संसदिय पत्रकारहरुको माग




विराटनगर/ संविधानमा उल्लेख भएको अधिकार चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गर्दै संघ र सातवटै प्रदेशका संसदीय पत्रकारहरुको भेला भएको छ ।

१८ देखि २१ मंसिरसम्म प्रदेश १ को राजधानी विराटनगरमा भएको अनुभव अदानप्रदान तथा सञ्जालको बैठकले प्रदेशले पूर्णरुपमा संबिधान प्रदत्त अधिकार नपाएसम्म संघियता बलियो नहुने निष्कर्ष निकाल्दै संघ र सातवटै प्रदेशका संसदिय पत्रकारहरुको भेला भएको हो ।

भेलामा सहभागी भएका संघको संसदीय समाज र प्रदेशका संसदीय मामिलामा सक्रिय रिर्पोटिङ गरिरहेका पत्रकाहरुले पाँच वर्षसम्म आआफनो प्रदेशमा संघियता प्रर्बद्धन गराउन खेल्न सफल भएको भुमिका र कमी कमजोरीबारे समिक्षा गरेका थिए ।
सुधार गराउन सफल भए पनि पत्रकाहरुको अझै क्षमता बृद्धि गर्नुपर्ने निष्कर्ष
सहभागी पत्रकाहरुले गत पाँच वर्षमा नयाँ अनुभव र सीमित ज्ञान भए पनि धेरै सफल र सक्रृय रिर्पोटिङग गरेर संसदलाई मर्यादित बनाएको धेरै अनियमितता र भ्रष्टचारका समाचारहरु लेखेर सरकारलाई दबाब सृजना गर्न सफल भएको अनुभव सुनाएका थिए ।

आगामी दिनहरुमा संसदीय पत्रकारिता गर्ने पत्रकाहरुले काननी ज्ञान बढाउनुपर्ने , समाचारसँगै विचारहरु पनि लेख्न थाल्नुपर्ने अनि स्वार्थ समुह र दलिय छत्रछाँयाबाट मुक्त्त भएर प्रश्न गर्ने बानी बढाएर लैजानुपर्ने निष्कर्ष पनि निकालेका थिए ।

पत्रकाहरुले संसदीय पत्रकारहरुलाई बलियो बनाउन संयुक्त्त सञ्जाल निर्माण गर्नुपर्ने , सरकारी र गैरसरकारी बैधानिक निकायहरुसँग सहकार्य गर्ने , प्रदेश सभा सचिवालय र सरकारसँग अलोचनात्मक सम्बन्ध बढाउने र पत्रकाहरुको ज्ञान सीपमा आधारित क्षमता बढाउन योजना बनाउनुपर्नेमा पनि जोड दिएका थिए ।

सहभागी पत्रकाहरुले संघितालाई बलियो बनाउन संबिधान प्रदत्त अधिकार प्रदेशलाई चाँडै हस्तान्तरण गर्न संघीय सरकारसँग माग पनि गरेका छन ।

प्रदेशलाई अधिकार दिन माग गर्दै सात बुँदे घोषणा पत्र जारी
सातवटै प्रदेशबाट सहभागी भएक ानियमित सक्रिय रिर्पोटिङ गरिरहेका पत्रकाहरुको भेलाले संसदीय पत्रकारितालाई बलियो बनाउदै संघियतालाई दिगो रुपले प्रबृद्ध गराउन सातबुँदे घोषणा पत्रपनि जारी गरेका छन ।

संघमा रहेको संसदीय पत्रकार समाज र सातवटै प्रदेशका संसदीय मामिलामा पाँच वर्षसम्म नियमित पत्रकारिता गरिरहेका पत्रकाहरु भेलामा सहभागी भएका थिए । उनीहरुले संघले उपेक्षा गरेकै कारण प्रदेशमा धेरै कानुनहरु बने पनि कार्यान्वनयमा जान नसकेको र संबिधानमा उल्लेख भएका अधिकार प्राप्तीमा ढिलाई हुँदा संघियता जनआपेक्षा अनुसार बन्न नसकेको ठहर गरेका छन ।

सातवटै प्रदेशको संसदीय पत्रकार मञ्चमा आवद्ध सक्रृय पदाधिकारी , सल्लाहकार र सदस्यहरु सहभागी रहेको उक्त्त भेलामा पाँच वर्षमा संसदीय पत्रकारिता गर्दा प्राप्त गर्न सकेको उपलब्धि , आइपरेका समस्या र चुनौती अनि भावि कार्यायोजनाबारे गम्भिर समिक्षा भएको संसदीय पत्रकार मञ्च प्रदेश १ (क) उपाध्यक्ष तथा कार्यक्रम संयोजक बाबुराम भण्डारीले बताए ।

भेलामा सहभागी पत्रकाहरुले पाँचबर्षे अनुभवको समिक्षागर्दै संसदीय पत्रकारहरुले ४ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट संघीय संसद र प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई दिदै संसदलाई अझै प्रभावकारी र जनमुखीबनाउदै कार्यकाल सफलरुपमा पूरा गर्न बधाई पनि दिएका छन ।

यसैगरि संसदीय पत्रकारहरुले संघीय व्यवस्थालाई बलियो बनाउन प्रदेशलाई बलियो बनाउनुको विकल्प नभएकोले नकारात्मक अभ्यासको अन्त्य गरेर प्रश्नरहित, नागरिकको नजिकको सरकारका रुपमा स्थापित गर्न थाँती रहेको प्रदेश १ को नामाकरण गर्न जोडदार माग पनि गरेका छन ।

यसैगरि सातै प्रदेशको स्थायी राजधानीमा आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेर कामगर्न प्रदेश सरकारहरुलाई आग्रह पनि गरेका छन ।

पत्रकारहरुको उक्त्त भेलाले मर्यादामा रहेर संसदीय विषयका समाचारको रिपोर्टिङलाई मर्यादित बनाउने र समाचारमा तथ्य र विश्वसनियता कायम गर्न संवेदनशील बन्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । साथै संसदीय पत्रकारिताको संस्थागत विकासकालागि सातै प्रदेशमा रहेकासंसदीय मामिला पत्रकार समाज र पत्रकार मञ्चहरुलाई बैद्यानिक प्रक्रियामा रहेर एकरुपता कायम गरि काम गर्न आग्रह पनि गरेका छन ।

यसैगरि संघ र सातै प्रदेशका संसदीय पत्रकारहरुको अन्तर–प्रदेशको अनुभवलाई बढाउन नियमित छलफल , अध्यनअनुगमन सहित अन्र्तक्रियाहरु गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा पनि पत्रकारहरुको उक्त्त भेलाले जोड दिएको छ ।

संघ र सातै प्रदेशबाट प्रतिनिधिमुलक रुपमा सहभागीभएका ३० जना अनुभवी पत्रकारहरुको भेलालले संघीय तथा प्रदेश सरकारहरुलाई स्थिर बनाउदै नागरिकका अपेक्षा, वर्तमान आर्थिक संकुचनका चुनौतीलाई निराकरण गर्दै मुलुकको विकासमा दत्तचित्त भएर लाग्न सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह पनि गरेका गरेको छ ।

सातै प्रदेशको संयुक्त्त सञ्जाललाई बलियो बनाउन जोड
सातवटै प्रदेश र संघको संसदीय पत्रकारिताबारे पाँच वर्षको उपलब्धि ,समस्या , चुनौती र भावी कार्ययोजना बारे दुई दिन गहन समिक्षा गरिसकेपछि प्रदेश संसदीय पत्रकार सञ्जालको दुई दिन बैठक पनि बसेको थियो ।

बैठकमा सहभागी पत्रकाहरुले सातवटै प्रदेशको संसदीय मामिलामा रिर्पोटिङ गरिरहेका पत्रकाहरुले निर्माण गरेको सञ्जाललाई बैधानिक बनाएर सक्रिय बनाउने निर्णय पनि गरेको छ । सहभागी पत्रकारहरुले संसदिय मामिलामा रिर्पोंटंङग गर्ने र संस्थागत क्षमता अभिबृद्धि गर्नुपर्नेमा जोड दिएको छ ।

त्यसका लागि सञ्जाललाई बैधानिक बनाउन सुदुरपश्चिम प्रदेश संसदीय मामिला पत्रकार समाजका अध्यक्ष प्रकाशविक्रम शाहको नेतृत्वमा विधान मस्यौदा समिति पनि निर्माण गरेको छ । भेलाले यही वर्ष भित्र राष्ट्रिय भेला गरेर सञ्जाललाई बैधानिकता दिने निर्णय पनि गरेको छ ।

प्रदेश १ को संसद भवनको अवलोकन र सचिवालयसँग अन्तक्र्रिया
सहभागीपत्रकाहरुले प्रदेश १ सभा सचिवालयको अवलोकन भ्रमण गरेर सचिव गोपालप्रसाद पराजुली र कर्मचारीहरुसँग खुलापनको अवस्था र सूचनाको अधिकारको कार्यान्वयनबारे संसदीय पत्रकाहरुले जानकारी पनि लिएका थिए ।

अवलोकन गर्न आएका पत्रकारहरुलाई प्रदेश १ सभाका सचिव लगायत सचिवालयका कर्मचारीहरुले खादा लगाएर स्वागत गर्दै प्राप्त गरेका उपलब्धि र सुधार्नु पर्ने कुराबारे जानकारी पनि गराएका थिए ।

भेलामा संसदियपत्रकार समाजका महासचिव बिष्णु खडका, संसदीय पत्रकार प्रदेश सञ्जालका संयोजक विष्णु घिमिरे , गण्डकी प्रदेश संसदीय पत्रकार मञ्चका कार्यबाहक अध्यक्ष अमृत सुबेदी ,सुदुरपश्चिमका अध्यक्ष प्रकाशविक्रम शाह , मधेश प्रदेशका सल्लाहकार विरेन्द्र रमण बाग्मती प्रदेशका अध्यक्ष राममणी दाहाल , कर्णली प्रदेशका पुर्णबहादुर खडका प्रदेश १ का अध्यक्ष गणेश लम्साल लगायत ३० जना अनुभवी पत्रकाहरुले आआफनो प्रदेशमा संसदीय मामिलामा रिर्पोटिङ गर्दा प्राप्त भएको उपलब्धि , सिकाइको अनुभव र भोग्नुपरेका समस्या र देखापरका चुनौतीबारे समिक्षात्मक रुपमा जानकारी गराएका थिए ।

युएनडिपी संसदीय सहयोग परियोजनाको सहयोगमा विराटनगरमा आयोजना भएको सो पाँच वर्षे अनुभव आदानप्रदान भेलापछि २० र २१ मंसिरमा सातवटै प्रदेशका संसदीय पत्रकाहरुले निर्माण गरेको संसदीय पत्रकाहरुको संयुक्त्त सञ्जालको बैठक बसेको थियो । बैठकले संसदीय पत्रकारिताको संस्थागत समस्याबारे व्यपाक छलफल गर्दै सातबुँदे घोषणा पत्र जारी गरेको थियो ।

पत्रकारका नेता र प्रदेश सभाका सचिवको शुभकामना
भेलाको उदघाटन १९ मंसिरमा प्रदेश १ सभाका सचिव गोपालप्रसाद पराजुलीले गरेका थिए । भेलालाई पत्रकार महासंघ प्रदेश १ समिति अध्यक्ष तथा संसदीय पत्रकार मञ्च प्रदेश १ का सल्लाहकार लिलाबल्लभ घिमिरे , महासंघ प्रदेशका पूर्वअध्यक्ष तथा मञ्चका सल्लाहकार विक्रम लुँईटेल , संसदी पत्रकार समाज काठमाण्डौका महासचिव विष्णु खडका , पत्रकार महासंघ मोरङ अध्यक्ष संजिव खनालले भेलाको उदघाटन सत्रमा सफलताको शुभकामना दिदै संसदीय पत्रकारिता बलियो भएमात्र संसद पारदर्शी र आमनागरिकको पहुँचमा हुनसक्नेमा जोड दिएका थिए ।

संसद सहयोग परियोजनाका टिम लिडर डिलाराज पन्तले संसदको खुलापनलाई बढाउदै लैजानकालागि संसदीय पत्रकारहरुको क्षमता अभिबृद्धि हुनु अति आवश्यक भएकोले पाँचबर्षे अनुभव आदानप्रदान गराउनका लागि भेला आयोजना गर्न सहयोग गरेको प्रस्टयाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार