१६ चैत्र २०८०, शुक्रबार

बाजुरामा काँग्रेसका पाण्डे प्रतिनिधि सभा सदस्यमा विजयी




धनगढी/ बाजुरामा काँग्रेसका सहमहामन्त्री बद्रिप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापालाई पाँच हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भए ।

आज आइतबार बिहान साढे ९ बजे सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका स्थायी कमिटी सदस्य समेत रहेका थापाले २६ हजार ३४्र९ मत पाए ।

बाजुरामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५९ हजार ७६५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंसिर ४ गतेको निर्वाचनमा त्रिवेणी नगरपपालिका ७, बुढिनन्दा नगरपालिका–३ सहित केही मतदान केन्द्रमा विवाद र झडप हुँदा मतगणना रोकिएको थियो । बुढिनन्दा–३ को मतदान केन्द्रमा मतदान रद्द गरी गत १० गते पुनः मतदान गरिएको थियो । पुनः मतदान वा मतगणनाको विवादबीच निर्वाचन आयोगले गत बुधबार मतगणना गर्ने निर्णय गरेको थियो । भने बिहीबारदेखि मतगणना शुरु भएको थियो ।

काँग्रेस सहमहामन्त्री पाण्डे पहिलो पटक प्रत्यक्ष निर्वाचन लडेका हुन् । उनी २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेका थिए भने २०७४ सालको निर्वाचनपछि राष्ट्रिय सभा बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार