१२ बैशाख २०८१, बुधबार

बाजुरा (ख) मा काँग्रेसका शाही विजयी




धनगढी/ बाजुरा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा नेपाली काँग्रेसका पदमबहादुर शाही विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापालाई दुई हजार ५९८ मतान्तरले पराजित गरे ।

पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका शाहीले २० हजार ११९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्र्धी एमालेका थापाले १७ हजार ५२१ मत पाए । थापा निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।

बाजुरामा मंसिर ४ गतेको निर्वाचनमा केही मतदान केन्द्रमा विवाद तथा झडप भएपछि मतगणनामा ढिलाई भएको थियो । विवाद र झडपबीच बुढिनन्दा नगरपालिका–३ को एउटा मतदान केन्द्रको निर्वाचन स्थगित गरिएको थियो ।

सो मतदान केन्द्रमा मंसिर १० गते पुनः मतदान भएको थियो । बाजुरामा एमाले र काँग्रेसले एकअर्कामाथि बुथकब्जाको आरोप लगाउँदै आएका थिए । पुनः मतदान वा मतगणनाको विवादबीच गत बुधबार निर्वाचन आयोगले मतगणना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार