७ बैशाख २०८१, शुक्रबार

बाजुरा (क) मा नेकपा (एस) का शाही विजयी



धनगढी/ बाजुरा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा नेकपा (एकीकृत समाजवादी) का नरेश शाही विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार शाहीले नेकपा (एमाले) का उम्मेदवार बलदेव रेग्मीलाई दुई हजार ३४१ मत अन्तरले पराजित गरे ।

निर्वाचित शाहीले १० हजार ९७३ र रेग्मीले बल्देव रेग्मी ८ हजार ६३२ मत पाएका छन् । यस्तै नेकपा (माओवादी केन्द्र) का कर्णबहादुर विक केशवले एक हजार ९८ मत पाए ।

नेकपा ( एकीकृत समाजवादी) का तर्फबाट शाहीले गठबन्धनमा विद्रोह गर्दै उम्मेदवारी दर्ता गराएपछि गठवन्धनको केन्द्रीय छलफलबाट सो क्षेत्रलाई छलफलमा राखेको थियो ।

४१ वर्षीय शाही युवा संघ नेपालका केन्द्रीय अध्यक्ष समेत हुन।

बाजुरामा प्रतिनिधि सभामा गठवन्धनकै उम्मेदवार नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र प्रदेश सभा पनि नेपाली कांग्रेसका पदमबहादुर शाही फराकिलो मतान्तरले अगाडि छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार