१३ बैशाख २०८१, बिहीबार

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघको अध्यक्षमा स्वाँर विजयी



धनगढी/ सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मणकुमार स्वाँर विजयी भएका छन्। महासंघको १६औ वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनमाबाट स्वाँर तीन वर्षका लागि प्रदेश अध्यक्षमा विजयी भएका हुन्।

स्वाँरले २१५ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी हरिप्रसाद भट्टल १०६ मत पाए।

संघको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार कपाडी विजयी भएका छन्। कपाडीले गंगा बहादुर शाहलाई पराजित गरेका हुन्। कपाडीले १९२ मत प्राप्त गर्दा शाहले १२० मत पाए। त्यस्तै उपाध्यक्षमा लक्ष्मणबहादुर साउँद २३२ र मदनमोहन विष्ट १२१ मत प्राप्त गरेर विजयी भएका छन्।

उपाध्यक्षका प्रत्यासीद्वय रघुवीर सिँह साउँदले ११२ र रमेश सिंह खडायतले ८६ मत पाए। संघको महासचिवमा खेमराज जोशी २०२ मत प्राप्त गरि विजयी भएका छन। महासचिवका प्रत्यासी चन्द्रबहादुर शाहले ११२ मत पाए।

नितिगत उप–महासचिवमा आङदावा शेर्पा विजयी भए। शेर्पाले २०२ मत पाए भने यज्ञराज जोशीले ११५ मत पाए। संघको आन्तरिक उप–महासचिवमा राजेश गिरी विजयी भएका छन। गिरीले दर्शनबहादुर खड्कालाई ५३ मतले पराजित गरेका हुन्। गिरीले १८२ मत ल्याउदा खड्काले १२९ मत पाए।

सदस्यहरुमा ललितबहादुर बोहरा २१०, शुनिल कुवंर १९०, केशव राज भट्ट १८९, पदमबहादुर भण्डारी १७७ र आशिषकुमार खत्री १६६ मतका साथ विजयी भए। यसअघि, संघको साधारणसभाबाट ८ जना निर्विरोध चयन भएका थिए। कोषाध्यक्षमा निर्मलकुमार देउवा र सहकोषाध्यक्षमा गणेशबहादुर खड्का निर्विरोध चयन भएका हुन्। त्यस्तै, महिला सदस्यमा शक्ति पन्त र विमलादेवी श्रेष्ठ समेत निर्विरोध चयन भए।

तुलाबहादुर राना, माधवप्रसाद चौधरी, दाउत तामङ, र गोरेसिंह ऐरसमेत निर्विरोध चयन भएका निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए। संघको ३४३ सदस्य मध्ये ३२६ जनाले मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार