८ बैशाख २०८१, शनिबार

छात्रा मृत्यु प्रकरणमा एमालेको ध्यानाकर्षण



धनगढी/ नेकपा (एमाले) कैलालीले धनगढीमा विहीबार ग्रेडरमा किचिएर मृत्यु भएको र आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले गरेको व्यवहारमा ध्यानकर्षण भएको जनाएको छ ।

सो पार्टीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले शुक्रबार एक विज्ञप्ती जारी गर्दे मृतक छात्रा १५ वर्षीया चेतना साउदलाई श्रद्दाञ्जली अर्पण गर्दे शोकाकुल परिवारलाई समवेदन व्यक्त गरेका छन् ।

गे्रडर चलाउने चालकलाई कडा कार्वाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन पनि कार्यवहाक अध्यक्ष जोशीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

एमालेले आन्दोलनरत विद्यार्थीमाथि अन्धाधुन्द लाठीचार्ज गर्ने, अश्रुग्यास हान्ने, दमन गर्ने र धरपकड गर्ने प्रहरीको क्रियाक्लापको घोर निन्दा पनि गरेको छ ।

घाइते विद्यार्थीको निशुल्क उपचार गर्न र पक्राउ परेका विद्यार्थीको तुरुन्त रिहाइ र समस्याको उचित समाधान गर्न पनि विज्ञप्तीमा आग्रह गरिएको छ ।

धनगढी उपमहानगरपालिका‐५ स्थित पञ्चोदय उच्च माविमा कक्षा ८ अध्ययनरत साउदको दुर्घट्ना होइन ग्रेडेरले च्यापेर हत्या गरिएको हो भन्ने आरोप लगाउदै धनगढीका विद्यार्थीहरु आन्दोलित छन् ।

गे्रडेर चालक र ग्रेडरलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कैलाली जिल्ला प्रशासनले विद्यार्थीहरु आन्दोलित भएपछि शान्ति सुरक्षा कामय गर्न भन्दै विहीबार रातिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार