१६ चैत्र २०८०, शुक्रबार

मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुराको प्रतिनिधि सभाको गणना रोकियो



बाजुरा / बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना रोकिएको छ ।

प्रतिनिधी सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतगणना रोकिएको हो ।

अहिलेसम्मको गणना अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे एमालेका कर्णबहादुर थापाभन्दा अगाडि छन् । यस्तै प्रदेश सभा (क) मा एकीकृत समाजवादीका नरेश शाही र प्रदेश सभा (ख ) मा एमालेका लालबहादुर थापा अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार