६ बैशाख २०८१, बिहीबार

छात्राको मृत्यु प्रकरणमा : विप्लव पक्ष सक्रिय हुने आशंकामा धनगढीमा अनिश्चितकालिनसम्मका लागि निषेधाज्ञा जारी




धनगढी/ कैलाली जिल्ला प्रशासन कार्यालय कार्यालयले धनगढीमा पाँच जना भन्दा बढी मानिसहरु भेला हुन र हिड्न नपाइने गरेर अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ। विहीबार रातिदेखि लागू गरिएको निषेधाज्ञा आज शुक्रबार पनि जारी रहने भएको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले अर्को निर्णय नहुन्जेसम्म निषेधाज्ञा जारी रहने बताए ।

धनगढी उपमहानगरपालिका वडा नंं ५ स्थित पञ्चोदय मावि हसनपुरमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउदको बिहीबार विहान ग्रेडरबाट च्यापिएर मृत्यु भएपछि उत्पन्न समस्या बढ्न नदिनका लागि सो आदेश जारी गरिएको हो ।

सो घट्नापछि विद्यार्थीहरुले अराजक गतिविधि गर्न थालेपछि सर्वसाधारण नागरिकहरुको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न आवश्यक देखिएकोले स्थानीय प्रशासन ऐन अनुसार सो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९ ३क ० अनुसार पाँच जनाभन्दा वढी व्यक्तिहरु आवत जावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन जिल्ला सुरक्षा समिति कैलालीको निर्णयानुसार निषेध गरिएको उनले बताए ।
धनगढीमा पूर्वमा धनगढी उपमहानगरपालिका १ पुरानो फूलवारी बसपार्क ९पुष्पलाल चोक०, पश्चिममा धनगढी उपमहानगरपालिका ४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका ५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन,
दक्षिणमा धनगढी उपमहानगरपालिका १ र २ स्थित हुलाकी राजमार्गसम्म पाँच जनाको भेला र हिँडडुल गर्न नपाइने आदेश गरिएको छ ।

एक सुरक्षा अधिकारीका अनुसार विद्यार्थीको जुलुसमा विप्लव पक्ष समेत सक्रिय हुने आशंकामा निषेधाज्ञा जारी गरिएको हो ।

क्षतिपूर्ति, मृतकको दाहसंस्कार लगायतका विषयमा मृतक साउदका आफन्तसंग छलफल भइरहेको छ । छलफल टुंगोमा पुगेर दाहसंकार भएपछि निषेधाज्ञा हट्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार