८ बैशाख २०८१, शनिबार

गौरीशंकर डेन्टल क्लिनिक थप सेवाका साथ नयाँ ठाउँमा



धनगढी/ धनगढीमा १२ देखि सेवा दिँदै आएको हिमाल गौरीशंकर डेन्टल क्लिनिकले आफ्नो सेवा विस्तार गरेको छ । सेवा विस्तर गर्दै क्लिनिकले धनगढीको अस्पताल लाईनबाट पुरानो कैलाली अस्पतालमा पछाडिबाट सेवा सुरु गरेको छ ।

धनगढीको मुख्य सडक कैलाली नालादेखि क्याम्पस चोकसम्म फराकिलो बनाउने अभियानले गर्दा क्लिनिकले ठाउँ सार्नु परेको सञ्चालक रतन एसकेले बताए । साथै थप सेवाका साथ मंसिर १६ गते पबेरा ५ हजुलीया बाजारमा खाशा बिस्तार गरिने सन्चालक उनले वताए ।

यसअघि सामान्य दाँतको मात्र उपचार गर्दै आएको क्लिनिकले अव अप्रेसन सहितको सेवा सुरु गरेको उनले बताए । ‘सुरुवातका दिनबाट सानो ठाउँबाट सुरु गरिएको डेन्टल क्लिनिकलाई अहिलेको दन्त सेवा, दन्त सेवाका प्रविधि सहित अस्पतालको रुपमा विकास गरेका छौँ’, उनले भने । ‘दन्त उपचारका अव धनढीमा भौतारिनु पर्दैन् ।’

क्लिनिकले विडिएस गरेका दन्त चिकित्सक विडीएस डा. सुवन कार्की , एमडीएस डा. मनोज खड्का , एमडिएस डा. विजय कार्की , बिडीएस डा.सुस्मिता महरा सहित १४ जना अन्य स्वास्थ्यकर्मीहरुको सहयोगले दन्त सेवा भरहेको क्लिनिक सन्चालक एसकेले बताए । ‘धनगढीमा कुनै वेला दाँतको उपचारका लागि भौतारिरहनुपर्ने अवस्था थियो उनले भने ।

अहिले दाँतको उपचारका लागि आउनेहरु मानसिकता बनाएर आएका हुन्छन् । परामर्शको आवश्यकता छैन् । मानवका लागि अति आवश्यक कुरा दाँतको उपचार समयमा उपचार नगर्दा थुप्रै समस्या भोग्नु परेको स्मरण गर्दै क्लिनिक सञ्चालक एसकेले सबैलाई समयमा आएर सल्लाह लिन समेत आग्रह गरेका छन् । कतिपय अझै पनि क्लिनिकमा समस्या भए मात्र आउने धेरै हुन्छन, उनले भने । समयसमयमा दाँतको परीक्षण गर्नुपर्दछ भन्ने चेतनाको विकास अझै भएको छैन् ।

क्लिनिकमा दाँतको छुट्टै एक्सरेको सुविधा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, गिजाभित्र रहेको बुद्धिबंगारा निकाल्ने र गिंजाको अप्रेसन गर्ने गरेको छ ।थप अनुहारमा लागेका चोटपटका साथै हड्डी भाँचिएको उपचार मुखभित्र आउने घाउ खटीरा सिष्ट ट्यूमर आदीको उपचार भईरहेको सञ्चालक एसकेले बताए ।

सो मंसिर १६ गते हसुलियामा समेत शाखा विस्तार गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार