२१ मंसिर २०८२, आईतवार

तस्वीरमा खप्तड भूकम्प



सबै तस्वीरहरु सौजन्य, नेपाली सेना, भैरव प्रसाद गण
धनगढी/ बुधबार बिहान २.१२ बजे डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएको ६.६ म्याग्निच्युटको भूकम्पका कारण डोटीको पूर्वीचौकी–३ गैरागाउँमा ६ जनाको मृत्यु भएको थियो । घटनामा पाँच जना घाइते भएको थिए । भूकम्पबाट घर भत्किँदा गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया भगवती बोहरा, १४ वर्षीया धनसरा बोहरा, १४ वर्षीया तुलसी बोहरा र ८ वर्षीय हरक बोहराको मृत्यु भएको छ ।

घर भत्किँदा इन्नरी देवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा घाइते भएका छन् । भूकम्पबाट जनमालको क्षती भएलगत्तै उद्दारकाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पूर्वीचौकी, गैरागाउँमा परिचालन भएका थिए । स्थानीय पनि उद्दार कार्यमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार