२४ बैशाख २०८१, सोमबार

घनश्याम भूसालले ल्याए प्रतिबद्धता पत्र सार्वजनिक



बुटवल/ रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वएमाले नेता घनश्याम भूसालले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

प्रतिबद्धतापत्रमा देवदहलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न पहल गर्ने, रुपन्देहीको दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार कम भएकाले समानुपातिक ढंगले विकास गर्ने उल्लेख छ ।

यस्तै पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थ्यचौकी बनाउने, अव्यवस्थित बसोबासी र भूमिहीनको समस्या सधैंका लागि अन्त्य गर्ने, औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने पनि भूसालले प्रतिबद्धता जनाएका छन् ।

सोमबार प्रतिबद्धता सार्वजनिक गर्दै भूसालले देवदहलाई युनेस्कोको सम्पदा सूचीमा सूचीकृत गर्न आफ्नो प्राथमिकता रहने बताए । उनले संविधान, लोकतन्त्र र संघीय गणतन्त्रको रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार