२३ बैशाख २०८१, आईतवार

नमुना मतदान : २३ प्रतिशतसम्म मत बदर



बझाङ / आसन्न निर्वाचनका लागि मतदाता शिक्षाका क्रममा बझाङमा नमुना मतदान कार्यक्रम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले विभिन्न ६ मतदान केन्द्रमा नमुना मतदान कार्यक्रम आयोजना गरेको थियो । नमुना मतदानमा २३ प्रतिशतसम्म मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले बझाङको बुंगल नगरपालिकाको बिजगडा, सुर्मा गाउँपालिकाको दौलिचौर, खप्तडछान्ना गाउँपालिकाको पाटादेवल, थलारा गाउँपालिकाको पिखेत, दुर्गाथली गाउँपालिकाको चौधारी र बित्थडचिर गाउँपालिकाकोे देलेखमा नमुना मतदान कार्यक्रम गरेको थियो ।

जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले मतदाता शिक्षामा जोड दिएर प्रत्येक वडामा महिला स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम अघि बढाएको बताए ।

उनका अनुसार गत स्थानीय तह निर्वाचनमा पनि कुनै पालिकामा २३ प्रतिशतसम्म बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार