६ चैत्र २०८०, मंगलवार

मंसिर २२ गतेबाट सुदूरपश्चिम महोत्सव हुने



धनगढी/ डेढ दशकदेखि धनगढीमा आयोजना भइरहेको सुदूरपश्चिम महोत्सव यसपटक मंसिर २२ गतेबाट सञ्चालन हुने भएको छ । मंसिर २२ गतेबाट पुस २ गतेसम्म सो महोत्सव सञ्चालन हुने भएको हो।

सुदूरपश्चिमको व्यापार, व्यवसाय तथा‌ कला संस्कृतिलाई संरक्षण गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।

विगत दुई वर्षदेखि कोरोना संक्रमणका कारण भव्यताका साथ आयोजना गर्न नसकिएको महोत्सव यो वर्ष भने अरु वर्षभन्दा फरक हुने अध्यक्ष कुँवरले बताए ।

२०७८ मा आयोजना गरिएको स्थल पशुपति टोलमा नै महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव आयोजना गर्न अनुमानित दुई करोड लगानी‌ हुने अनुमान गरिएको छ । यस्तै गरेर महोत्सवमा व्यवसायीहरुले १० करोड बढीको व्यापार गर्ने अनुमान पनि गरिएको छ।

धनगढीमा सुदूरपश्चिम महोत्सव २०६३ सालबाट आयोजना गर्न थालिएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार