६ चैत्र २०८०, मंगलवार

बालअधिकार चेतना समुहका लागि क्षमता अभिबृद्धि तालिम




कञ्चनपुर/ कञ्चनपुरको लालझाडी गाउँपालिकामा बालअधिकार चेतना समुहका पदाधिकारीहरूको क्षमता अभिबृद्धि तालिम भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा तालिम कार्यक्रम भएको थियो ।

तालिम समापनका अवसरमा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले सबै छ वटै माध्यमिक विद्यालयमा बालअधिकार सम्बन्धी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष सपना चौधरीले तालिममा सहभागीहरूले आफुले प्राप्त गरेको ज्ञानसीप अरुलाई प्रदान गर्न आग्रह गरिन् ।

सो अवसरमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख खडकराज जोशीले लालझाडी गाउँपालिकामा गठन भएका बालअधिकार चेतना समुह तथा मानव अधिकार समुहमार्फत शिक्षा, स्वास्थ्य, लैंगिक विभेद, जातीय छुवाछुत, वातावरण अधिकार लगायतका क्षेत्रमा समन्वय र सहकार्य गरेर कार्यक्रमहरू संचालन गरिने बताए ।

तालिममा बालअधिकार र बालश्रम, नेपालमा बालअधिकार सम्बन्धी कानुनि ब्यवस्था तथा बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन, लैगिंक हिंसा र जातिय छुवाछुत, बालभित्ते पत्रिका प्रकाशन, विद्यालय तथा समाज वातावरणमैत्री बनाउन बालबालिकाको भूमिका, संगठन व्यवस्थापन र नेतृत्व शैली, लगायतका विषयमा इन्सेकका प्रदेश कार्यालय प्रमुख जोशी, कार्यक्रम फोकल पर्सन राजकुमार चौधरी, कैलाश पनेरु र लालझाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार