६ चैत्र २०८०, मंगलवार

निःशुल्क आँखा शिविरमा साढे तीन हजारले सेवा लिए




दार्चुला/
दार्चुलाको विभिन्न तीन स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा साढे तीन हजार बढीले सेवा लिएका छन् ।


नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली र स्थानीय तहहरूको आयोजनामा जिल्लाका तीन स्थानमा आठ दिनसम्म निःशुल्के आँखा शिविर सञ्चालन गरिएको थियो ।


आँखा शिविरका संयोजक नरेन्द्रराज बिष्टका अनुसार शिविरमा साढे तीन हजार बढीको आँखा परीक्षण गरिएको छ । त्यस्तै, चार सय ४८ जनाको मोतियाबिन्दुको शल्यक्रिया समेत गरिएको छ ।


दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा भदौ २५ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको आँखा शिविरमा एक हजार एक ३९ जनाको आँखा परीक्षण गरिएको थियो भने एक सय ८८ जनाको मोतियाबिन्दूको शल्यक्रिया गरिएको थियो ।


त्यस्तै, भदौ २९ र ३० गते मालिकार्जुन गाउँपालिका–८ शंकरपुरमा सञ्चालन गरिएको शिविरमा आठ सय ९३ जनाको आँखा परीक्षण गरिएको थियो । भने ७४ जनाको शल्यक्रिया गरिएको छ ।


आँखा शिविर संयोजक बिष्टका अनुसार असोज १ देखि ३ गतेसम्म महाकाली नगरपालिका–४ खलंगामा सञ्चालन गरिएको शिविरमा एक हजार चार सय चार जनाले सेवा लिएका छन् । तीमध्ये एक सय ८६ जनाको शल्यक्रिया गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार