३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिमको बाढी पहिरोको क्षतिमा एमालेद्धारा दुख प्रकट



धनगढी / दुःख प्रकट नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले बाढी पहिरोले पुगाएको क्षतिले दुःखी तुल्याएको बताएको छ ।

सो दलका प्रदेश अध्यक्ष दामोदर भण्डारीले शनिबार एक विज्ञप्ती दुःख व्यक्त गरेका हुन ।

अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा आएको पहिरोले गर्दा हालसम्म १७ जनाले ज्यान गुमाएको र ६ जना वेपत्ता भएको खवरले दुखित भएको विज्ञप्तीमा उल्लेख छ ।

उनले विपद प्रभावित क्षेत्रहरुमा बेपत्ताहरुको खोजी तथा उद्धारको कार्यलाई तदारुकताका साथ अघि बढाउन, , घाईतेहरुको उपचारको उचित व्यवस्था गर्न तथा प्रभावितहरुलाई उचित राहत दिन आग्रह गरिएको छ ।

अध्यक्ष भण्डारीले पहिरोका कारण ज्यान गुमाउने सबैमा श्रद्धान्जली तथा घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

विज्ञप्तीमा उद्धार, खोजी र राहत कार्यमा सहयोग गर्न पनि एमाले पंक्तीलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार