२४ बैशाख २०८१, सोमबार

सोडारी र बुढाथोकी राज्यमन्त्रीमा नियुक्त




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारमा दुई जना राज्यमन्त्री थपिएका छन् ।

अछामबाट निर्वाचित प्रदेश सभा सदस्य बलबहादुर सोडारी र कैलालीका समानुपातिकतर्फका प्रदेश सभा सदस्य शुशिला बुढाथोकी राज्यमन्त्री भएका हुन ।

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सोडारीलाई आर्थिक मामिला तथा योजना र बुढाथोकीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारी र बुढाथोकीलाई शुक्रबार साँझ सपथ ग्रहण गराए ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्री अमरबहादुर साउदको ठाउँमा सोडारी र हालै एमाले गएका कुलवीर चौधरीको ठाउँमा बुढाथोकीलाई राज्यमन्त्री बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार