२२ बैशाख २०८१, शनिबार

फायाको २५औं साधारणसभा : अध्यक्षमा फेरि भट्ट



धनगढी / कैलालीको धनगढी उपमहानगरपालिकामा केन्द्रीय कार्यालय रहेको गैरसरकारी संस्था फाया नेपालले २५ औं साधारणसभा गरेको छ ।

२०५१ सालमा स्थापना भएर कैलाली लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा शिक्षा,स्वास्थ्य,विपद् न्युनीकरण,जीविकोपार्जन र महिला अधिकारका सवालमा काम गर्दै आएको फायाले विभिन्न १३ वटा प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गर्दै साधारणसभा गरेको हो ।

संस्थाका अध्यक्ष लोकराज भट्टले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी साधारणसभामा फाया नेपालका कोषाध्यक्ष कृष्णबहादुर विकले आर्थिक वर्ष २०७८र०७९को आठ करोड ४६ लाख एक हजार १४९ रुपियाँको वास्तविक आय व्यय विवरण प्रस्तुत गर्दै आगामी आर्थिक २०७९र०८० को लागि आठ करोड आठ लाख ९९ हजार १५५ रुपियाँ बराबरको अनुमानित आय व्यय प्रस्तुत गरेका थिए ।

साधारणसभाले लोकराज भट्टको अध्यक्षतामा सात सदस्य रहेको कार्यसमिति निर्वाचित गरेको छ । यस्तैगरेर सचिव दिलबहादुर कुँवर,कोषाध्यक्ष बसुन्धरा गौतम, सदस्यहरुमा भागीराम चौधरी, विष्णु पुरी, सुर्यमाया श्रेष्ठ र ज्योती श्रेष्ठ विक रहेका छन ।

यस्तै गरेर साधारण सभाले महेश्वर पाठक, गोविन्दराज जोशी, भुपेन्द्र थापा, मीना बास्तोला, कृष्ण विक, झरना चौधरी र बालकुमारी चौधरी रहेको सल्लाहकार समिति पनि चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार