१५ चैत्र २०८०, बिहीबार

बैतडी समाजमा ८५ जनाद्वारा रक्तदान



-३१८ जनाको निशुल्क आँखा जाँच – १५५ जनाको निशुल्क स्वास्थ्य जाँच – ७७ जनाको निशुल्क दन्त सेवा

धनगढी/ रगतको चरम अभाव हुने धनगढीमा, बैतडी समाज कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजको वार्षिक कार्यक्रम अनुसार गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन ।

समाजका अध्यक्ष मायाप्रकाश भट्टले ८५ जनाले रक्तदान गरेको जानकारी दिए । बैतडी समाजले हरेक वर्षमा दुई पटक रक्तदान र स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

आफ्नो वार्षिक कार्यक्रम अनुसार समाजले शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको पदमा नर्सिङ कलेजको प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको धनगढी उपमहानरपालिकामा नगरप्रमुख गोपाल हमाल र समाजका अध्यक्ष मायाप्रकाश भट्टले संयुक्तरुपमा सुभारम्भ गरेका थिए ।

बैतडी समाजले यसपाली सोही स्थानमा निशुल्क स्वास्थ्य शिविर, निशुल्क आँखा जाँच शिविर र निशुल्क दन्तसेवा शिविर पनि गरेका छ । धनगढी नेत्रालयको सहयोगमा गरिएको निशुल्क आँखा जाँच शिविरमा ३१८ जनाले सेवा लिएका छन । उनीहरुलाई निशुल्क चश्मा र औषधि वितरण गरिएको थियो ।

यस्तै सारथी अस्पताल प्रालीको सहयोगमा गरिएको निशुल्क स्वास्थ्य शिविरमा १५५ जनाले सेवा लिएका छन । त्यसमा फिजिसियन चिकित्सकद्वारा चेकजाँच, ब्लडसुगर जाँच र एक महिनासम्मको औषधि निशुल्क प्रदान गरिएको थियो ।

यस्तै समृद्धी डेन्टलको प्रायोजनमा चिकित्सकद्वय सन्तोष पाण्डे र विमल थापाले दन्त सेवा दिएका थिए । त्यसमा ७७ जनाले दाँतको सेवा लिएका समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताए । बैतडी समाजले यसअघि बैतडी जिल्लाको पाटनमा बृहत निशुल्क स्वास्थ्य शिविर पनि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार